नियम ३३
लिक्वीडेटरको काम, कर्तव्य र अधिकार

(१) ऐनको दफा ४२ अन्तर्गत नियुक्त लिक्वीडेटरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) विघटन भएका संस्था वा संघबाट असुल हुन बा“की रहेको रकम चुक्ता गर्नको लागि सो संस्था वा संघ वा हालवाला वा साविकवाला सदस्यहरू वा मृत सदस्यहरूको जायजेथाबाट बाकी रकम नियम २५ र २७ को कार्यविधि अपनाई असुल उपर गर्ने ।
(ख) विघटन भएका संस्था वा संघस“ग कुनै साहुको कुनै रकम बा“की लागि राखेको रहेछ र सो कुरा संस्था वा संघको वा संघकै हिसाब किताबमा चढाइएको रहेनछ भने त्यस्ता साहुलाई यो यति म्याद भित्र सो रकमको दावा गर्न आउनु भनी वा सो बाकी लागेको प्रमाणित नभएसम्म त्यति रकम वितरण नगरियोस् भनी दावा गर्न आउनु भनी सूचना गर्ने ।
(ग) साहुहरूमध्ये कसलाई प्राथमिकता दिने भन्ने प्रश्न उठेमा त्यसको निर्णय गर्ने ।
(घ) संस्था वा संघ विघटन गर्ने सिलसिलामा, संस्था वा संघको जायजेथा जम्मा गर्ने र वितरण गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिने ।
(ङ) रजिष्ट्रारको पूर्व स्वीकृति लिई संस्था वा संघले गरेको वा संस्था वा संघको विरुद्धमा गरिएको दावीको सम्बन्धमा दुवै पक्ष बीचमा मिलापत्र गराउने ।
(च) विघटनको लागि आवश्यक देखेमा सदस्यहरूको बैठक बोलाउने ।
(छ) संस्था वा संघको खातावही, कागजात, लिखत र जायजेथाको जिम्मा लिने ।
(ज) संस्था वा संघको सम्पत्ति वेचविखन गर्ने ।
(झ) संस्था वा संघको जायजेथा वितरण गर्ने योजना रजिष्ट्रारबाट स्वीकृत भै आएपछि त्यसको वितरण गर्ने ।

(२) उपनियम (१) बमोजिमको अधिकारहरूको प्रयोग गर्दा लिक्वीडेटरले आवश्यक सम्झेमा संस्था वा संघको गठन, काम, कर्तव्य, सम्पत्ति वा अन्य कुराहरूको सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न पक्ष, विपक्ष, साक्षीहरू र संस्था वा संघको कुनै कर्मचारीलाई आफू समक्ष उपस्थित गराइ सोधपुछ गर्न सक्नेछ ।